काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम पूर्वानुमानका आधारमा जनतालाई सतर्क रहन अनुरोध गरेका छन्। आइतबार मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना जनाएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नागरिकलाई सुरक्षित स्थानमा बस्न र अत्यावश्यक बाहेक लामो यात्रा नगर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले सुरक्षा निकायहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिँदै भनेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्नुहोस् र सुरक्षित स्थानमा रहनुहोस्। सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहनुहोस्।”
Ask ChatGPT
Tools


