Sunday, April 19, 2026
Homeदेश र प्रदेशप्रदेश १ ले माग्यो खोप किन्ने अनुमति

प्रदेश १ ले माग्यो खोप किन्ने अनुमति

विराटनगर : प्रदेश १ सरकारले संघीय सरकारसँग कोरोना खोप खरिदको अनुमति माग गरेको छ। प्रदेश १ कि सामाजिक विकासमन्त्री उषाकला राईले समयमा खोप उपलब्ध नगराए खरिदको अनुमति दिनुपर्ने बताएकी हुन्। ‘कि प्रदेशका नागरिकलाई पुग्ने खोप समयमा दिनुपर्‍यो’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले भनिन्, ‘नभए खरिद गर्न प्रदेशलाई अनुमति चाहियो।’

मन्त्री राईले कोरोना संक्रमण नियन्त्रण गर्न खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो प्रवन्ध गर्न आग्रह गरेको सुनाइन्। विज्ञहरूले कोरोनाको तेस्रो लहर सुरु हुने बताइरहेकाले तयारी गर्न आवश्यक देखिएकाले खोपमा जोड दिएको राईको भनाइ छ।

उनका अनुसार दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको छ। सरकारी अस्पतालमा जनशक्ति अभाव देखिएकाले त्यसको परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ। ‘प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा प्रदेश सरकार पनि लागेको छ,’ उनले बैठकमा भनिन्, ‘प्रत्येक जिल्ला अस्पताललाई सुविधासम्पन्न मात्रै बनाएर भएन जनशक्ति पनि चाहियो।’

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सबै प्रदेशको समस्या पहिचान गरी केन्द्रले योजना बनाउने आश्वासन दिएका थिए। बैठकमा सातै प्रदेशका सामाजिक विकासमन्त्री र मन्त्रालयका सचिवको सहभागिता थियो। अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका