Sunday, April 19, 2026
Homeदेश र प्रदेशप्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी

काठमाडौं : वर्तमान सत्तागठबन्धनले राजेन्द्र राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा अगाडि सारेको छ। मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादी पार्टीका नेता राईले मु्ख्यमन्त्रीमा दावी पेश गरेका हुन्।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकार गठनको आह्वान गरेलगत्तै राईले बहुमत सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीको दावी पेश गरेका हुन्।

सत्तागठबन्धनले प्रदेश प्रमुख अधिकारीसमक्ष राईलाई मुख्यमन्त्री बनाउन ५० जना सांसद्को हस्ताक्षर बुझाएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका