Sunday, April 19, 2026
Homeदेश र प्रदेशप्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् ।  आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई  मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका