Thursday, October 22, 2026
Homeराजनीतिप्रतिनिधिसभामा आज चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभामा आज चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत शुक्रबार बस्ने बैठकमा विभिन्न चार महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार दिउँसो १ बजे सुरु हुने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित विधेयक संसद्मा दर्ता गर्नेछिन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै विधेयक प्रतिनिधिसभामा पेस गर्नेछन्।

शुक्रबारको बैठकमा यी विधेयकमाथि प्रारम्भिक प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका