Saturday, June 27, 2026
Homeराजनीतिप्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्री ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौं: संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफलको प्रस्ताव संसदमा पेश गर्नेछन्। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।

साथै, अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि पनि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ। यस विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका