Saturday, November 7, 2026
Homeसामाचारप्रचण्ड नुवाकोटमा: सांस्कृतिक भवन र सहिद स्मृति केन्द्र उद्घाटन

प्रचण्ड नुवाकोटमा: सांस्कृतिक भवन र सहिद स्मृति केन्द्र उद्घाटन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन्। हिजो राति नुवाकोट पुगेका दाहालले आज बिहान पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

यसपछि दिउँसो १२ बजे उनले लिखु गाउँपालिका–५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको उद्घाटन गर्ने छन्। दाहालले दिनभर नुवाकोटका विभिन्न स्थानमा जनभेटघाटसमेत गर्ने कार्यक्रम रहेको जनाइएको छ।

हिजो साँझ उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–६, समुन्द्रादेवीस्थित मानेमा स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका