Friday, May 1, 2026
Homeकला/साहित्यप्रचण्डद्वारा श्रीकृष्ण सिम्खडाको कविता संग्रह विमोचन

प्रचण्डद्वारा श्रीकृष्ण सिम्खडाको कविता संग्रह विमोचन

कलाकार, साहित्यकार एवम् सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाको कविता संग्रह विमोचन गरिएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग–२’ विमोचन गरेका हुन् ।

प्रचण्डको जन्मदिनको अवसरमा उनको निवास खुमलटारमा किताव बिमोचन भएको सिम्खडाले बताए । कुनै तामझाम विनै पुस्तक विमोचन गरिएको बताउँदै सिम्खडाले भने, ‘मैले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएँ, प्रचण्डले पुस्तक विमोचन भएको घोषणा गर्नुभयो । दुई मिनेटमै विमोचन कार्यक्रम सम्पन्न भइहाल्यो ।’
सिम्खडा सामाजिक परिवर्तनको मुद्दामा केन्द्रित हुनुका साथै साहित्य र कलामा निरन्तर सक्रिय छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका