Friday, June 5, 2026
Homeप्रवासपोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग

पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् । नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’  लिस्वनको अलमेदा पार्कमा  सांकेतिक प्रदर्शन गरेका हुन् ।

‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी  नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए ।  अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने ठाउँसम्म नभएका कारण आफूहरुले निरन्तर आवाज उठाइरहेको बताए ।

कार्यक्रममा महिला संघ पोर्चुगलका अध्यक्ष माया खरेल, अभियानकर्ता नवीन तिमल्सिना लगायतले आफ्नो धारणा राखेका थिए ।​ पोर्चुगलमा झण्डै ४० हजार हाराहारीमा नेपाली रोजगारीको शिलशिलामा बसोबास गर्दै आएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका