Thursday, September 24, 2026
Homeराजनीतिपोखरा महानगर कांग्रेस सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

पोखरा महानगर कांग्रेस सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

पोखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिका समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार राति सम्पन्न मतगणनामा बिजुक्छेले ६८७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ मत र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३१५ मत प्राप्त गरे । सभापति तथा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा १ हजार ४४८ मतदाता रहेकामा १ हजार ३४१ मत खसेको थियो ।

सभापतिका लागि वर्तमान सभापति बिजुक्छेसहित महानगर समितिका सचिव गणेशबहादुर थापा र पोखरा–६ का वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा उत्रिएका थिए ।

उपसभापतिमा किर्तिबल्लभ त्रिपाठी ९२० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मीनप्रसाद भट्टराईले ३३१ मत प्राप्त गरे ।

महिला उपसभापतिमा सुचिता तामाङ निर्वाचित भएकी छन् । तामाङले ६८२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी अम्बिका ढुंगानाले ६०८ मत प्राप्त गरिन् ।

महानगर समितिको सचिवमा धनञ्जय पौडेल निर्विरोध निर्वाचित भएका छन् । यसअघि महानगर समिति सदस्य रहेका पौडेललाई सर्वसम्मत रूपमा सचिव चयन गरिएको हो ।

त्यस्तै, सहसचिवमा दामोदर पराजुली निर्वाचित भएका छन् । पराजुलीले ७१३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी थानेश्वर तिवारीले ५६० मत प्राप्त गरे ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका