Tuesday, April 21, 2026
Homeअपराध र घटनापोखरा बचत सहकारीमा ८९ करोड हिनामिना, ७ जना पक्राउ

पोखरा बचत सहकारीमा ८९ करोड हिनामिना, ७ जना पक्राउ

पोखरा – पोखरा बचत तथा ऋण सहकारी संस्थाबाट ठुलो रकम हिनामिना भएको खुलासा भएको छ। यस मामिलामा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी रहेका छन्।

वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनअनुसार सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ। अनुसन्धानका क्रममा पाइएको छ कि संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरूले मिलेर रकम हिनामिना गरेका हुन्।

कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार, पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान जारी छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका