Tuesday, June 9, 2026
Homeसामाचारपोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकाको उद्धार

पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकाको उद्धार

गण्डकी: पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकाहरूको बुधबार उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकाहरूको उद्धार गरेको हो ।

पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका