Saturday, November 7, 2026
Homeसामाचारपृथ्वी जयन्तीमा ओलीको शुभकामना, विनाशकारी प्रवृत्ति त्याग्न आह्वान

पृथ्वी जयन्तीमा ओलीको शुभकामना, विनाशकारी प्रवृत्ति त्याग्न आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको भावनालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले सन्देशमा लेखेका छन्, “आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो। ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ। सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका