Sunday, November 8, 2026
Homeसामाचारपूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ। उक्त अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्न उनका लागि निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूका लागि खुला गरिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका