Sunday, November 8, 2026
Homeसामाचारपूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा उत्सवमय माहोल, ‘राजा फर्क’ नाराले गुञ्जियो राजधानी

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा उत्सवमय माहोल, ‘राजा फर्क’ नाराले गुञ्जियो राजधानी

स्थान: निर्मल निवास, काठमाडौं
मिति: असार २३
समय: दिनभर

काठमाडौं, असार २३ – पूर्वराजा ज्ञानेन्द्र शाहको ७८औं जन्मोत्सवको अवसरमा आज राजधानी काठमाडौंसहित देशभर उत्सवमय वातावरण देखिएको छ। काठमाडौंको नर्मल निवास क्षेत्रमा बिहानैदेखि राष्ट्रवादी समर्थकहरूको उल्लेख्य भीड जम्मा भएको छ।

‘आफ्नो राजा, आफ्नो पहिचान’ भन्ने नारा लगाउँदै सर्वसाधारण, महिला, युवा र वृद्धहरू विभिन्न जिल्लाबाट काठमाडौं आएका छन्। सामाजिक सञ्जालहरूमा कार्यक्रममा खिचिएका तस्बिर र भिडियोहरू व्यापक रूपमा सेयर भइरहेका छन्।

नागरिक विद्रोह अभियानका प्रचार प्रमुख चिरञ्जीबी भरताईले असार २३ लाई “इतिहास बन्ने दिन” भन्दै, “यो केवल जन्मोत्सव होइन, विश्वास र समर्पणको दिवस हो,” भनेका छन्।

अभियानका अनुसार कार्यक्रम राष्ट्रियता, सम्प्रभुता र स्थायित्वको पुनर्जागरणका लागि आयोजित गरिएको हो। सहभागीहरू ‘असार २३, बन्छ इतिहास – राजा फर्क, आउँछ विश्वास!’ भन्ने मूल नारामा एकजुट देखिएका छन्।

कार्यक्रम दिनभर निर्मल निवास क्षेत्रमै सञ्चालन हुँदैछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका