Tuesday, June 23, 2026
Homeसामाचारपूर्वअर्थमन्त्री विष्णु पौडेल ७ दिन हिरासतमा, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तीव्र

पूर्वअर्थमन्त्री विष्णु पौडेल ७ दिन हिरासतमा, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तीव्र

काठमाडौं। विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। अदालतको आदेशसँगै विभागले पौडेललाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाउने भएको छ।

कानुनी व्यवस्था अनुसार ७ दिनको म्याद समाप्त भएपछि आवश्यक परे पुनः म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउनुपर्नेछ।

यसअघि आइतबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याइएपछि सोमबार उनलाई विशेष अदालतमा उपस्थित गराइएको हो।

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गम्भीर आरोपमाथि अनुसन्धान गर्न विभागले उनलाई पक्राउ गरेको जनाएको छ। अनुसन्धान जारी रहेकाले घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका