Tuesday, August 18, 2026
Homeसामाचारपुनः पक्राउ गर्न खोजिएको भन्दै पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे

पुनः पक्राउ गर्न खोजिएको भन्दै पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे

काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई प्रहरीले पुनः पक्राउ गर्न खोजेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्।

प्रहरीलाई पक्राउ गर्नबाट रोक्न माग गर्दै श्रेष्ठले रिट निवेदन दिएको उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिएका छन्।

सर्वोच्च अदालतले सोमबार मात्रै पत्रकार श्रेष्ठलाई बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न परमादेश जारी गरेको थियो। श्रेष्ठविरुद्ध ललितपुर जिल्ला प्रहरी परिसरमा उपसभामुख रुबीकुमारी ठाकुरले साइबर कसुरअन्तर्गत जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीका आधारमा प्रहरीले दुई दिनदेखि जिल्ला अदालत ललितपुरमा श्रेष्ठलाई पक्राउ गर्न अनुमति माग्दै आएको छ। तर, पर्याप्त प्रमाण तथा कागजात नपुगेको भन्दै जिल्ला अदालतले हालसम्म पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको छैन।

श्रेष्ठले आफ्नी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले दिएको रिहाइको परमादेशको विवरणसमेत उच्च अदालतमा पेस गरेका छन्।

जिल्ला अदालतबाट पुनः पक्राउ पुर्जीको अनुमति लिन सक्ने आशंका व्यक्त गर्दै श्रेष्ठले आफूलाई पक्राउ गर्न रोक लगाउन उच्च अदालतसँग माग गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका