Friday, May 1, 2026
Homeकला/साहित्यपिल्सिएको हृदय

पिल्सिएको हृदय

-रमेश रेग्मी 

लालच र सत्ता मोहले धमिलो बादल
देशको आकाशमा थुप्रिएपछि,
मान्छेका आँखाले नै मान्छेलाई
मान्छे नदेख्दो रहेछ,
महलका हृदयहरूले
छाम्न नसक्दो रहेछ
झुपडीका घाउहरू,

त्यसैले त
विभेद निर्दयताको बलियो पर्खाल
बनेर उभिरहेको छ
हत्या, हिंसा र अपराधका
करामतहरू मौलाइरहेका छन्
निमुखाको संवेदनामाथि
निस्ठुरी समयको अघि
निर्भीकताले नागेपछि निर्लज्जाको परिधि
सकिएपछि विश्वास मर्यादाको
ढलेपछि उचाइ मानवताको
मेटिएपछि फैलावट स्वाभिमानको
पिल्सिरहेको छ देशको हृदय
दुःखको आलापहरूमा ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका