Friday, April 17, 2026
Homeराजनीतिपार्टीमा, गफाडीहरुको कुनै काम छैन : माधव नेपाल ?

पार्टीमा, गफाडीहरुको कुनै काम छैन : माधव नेपाल ?

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गफाडीहरुको काम नभएको बताएका छन्।एकीकृत समाजवादीको जनसभामा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी संज्ञा दिँदै गफाडीहरुले कुरा मात्रै गर्ने भन्दै आफूहरुले काम गरेर देखाउने बताएका हुन्।

उनले भने, ‘हाम्रो पार्टीको भविष्य छ, गफाडीहरुको कुनै काम छैन। हामी काम गरेर देखाउ। जनताको रुपान्तरण हुने गरी काम गरौं।’

नेपालले समाजवादले अन्याय र असमानताको अन्त्य गर्ने बताए। उनले भने, ‘विकासको गतिमा नेपाल निकै पछि छ। विकासको योजनामा हाम्रो ध्यान पुग्नुपर्छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका