Friday, May 1, 2026
Homeविचित्र संसारपार्कको रुखसँग युवतीको प्रेम, अन्तत: बिहे गरेर बनाइन् श्रीमान् !

पार्कको रुखसँग युवतीको प्रेम, अन्तत: बिहे गरेर बनाइन् श्रीमान् !

एकजना बेलायती महिलाको बिहे चर्चाको विषय बनिरहेको छ लामो समयदेखि । वास्तवमा ती महिलाले कुनै पुरुषसँग होइन रुखसँग बिहे गरेर रुखलाई नै आफ्नो लोग्ने बनाएकी छिन् ।

३ वर्षअघि नै उक्त रुखसँग बिहे गरेको बताउने ती युवतीले हालै आफ्ना साथीसँगीलाई त्यहीँ रुखमुनि बोलाएर जमघट गराइन् । आफुले रुखसँग खुसीसाथ दाम्पत्य जिवन बिताइरहेको उनको दाबी छ ।

केट कनिंघम नामकी ती युवतीका अनुसार रुख र उनीबीचको दाम्पत्य जिवन सुखपूर्ण रुपमा चलिरहेको छ । आफू आफ्नो जिवनबाट सन्तुष्ट रहेको उनी बताउँछिन् ।

उनले सन् २०१९ मै रिमर्स भ्याली काउन्टी पार्कमा रहेको रुखसँग बिहे गरेकी थिइन् । आफ्नो पतिदेव रुखसँग भेटघाट गर्नका लागि उनी हप्तामा ५ पटक पार्कमा जान्छिन् । क्रिसमसको बेलामा त आफ्नो पतिरुपी रुखलाई विभिन्न सजावटका सामाग्रीले सजाउँछिन् ।

अनौठो त के भने रुखसँगको बिहेपछि उनले आफ्नो थर समेत बदलिसकेकी छिन् र अहिले मिसेस एल्डर बनेकी छिन् ।

हाल शिक्षण पेशा अपनाएकी मिसेस एल्डर यो पटक आफ्नो पति रुखसँग तेश्रो क्रिसमस मनाउँदैछिन् । यसअघि उक्त पार्कमा बारम्बार आउने क्रममै सो रुखसँग आफ्नो प्रेम बसेको उनी बताउँछिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका