Friday, May 1, 2026
Homeकला/साहित्यपारिजात स्मृति केन्द्र प्रदेशस्तरमा पनि विस्तार हुने

पारिजात स्मृति केन्द्र प्रदेशस्तरमा पनि विस्तार हुने

पारिजात स्मृति केन्द्रको २८ औं  साधारण सभा मंगलबार सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष स्नेह सायमीका अनुसार साधारण सभामा नयाँ दुइ बर्षे कार्यक्रम अनुमोदन गरिएको छ । जसमा केन्द्रको सातै प्रदेशस्तरीय सम्पर्क समिति बनाउने, २०७८ सालभित्र कम्तिमा तीन वटा प्रदेशमा गठन गरिसकिने योजना रहेको छ ।

यसैगरी पारिजात स्मृतिसभा, पारिजात सम्वाद, पारिजातसम्बन्धि गोष्ठीदेखि पारिजात सिर्जना यात्राको कार्यक्रम पनि रहेको छ । साथै, पारिजातबारे जर्नल, चौमासिक पत्रिका प्रकाशन, व्यवस्थित वेबसाइट, पारिजातको अप्रकाशित रचनाको प्रकाशन, पारिजात स्मृतिग्रन्थ पुनःप्रकाशनको पनि योजना रहेको छ ।  यो बाहेक आगामी दुइ वर्षमै पारिजात पुस्तकालयदेखि पारिजात संग्रहालयसम्म बनाउने महत्वाकांक्षी योजना लिइएको केन्द्रका अध्यक्ष स्नेह सायमीले रातोपाटीलाई जनाए ।

नमोबुद्ध नगरपालिकामा पारिजात पार्क
उता काभ्रेको नमोबुद्ध नगरपालिकाकाले पारिजात स्मृति पार्क निर्माण गर्ने काम अघि बढाएको छ । मेयर टंकप्रसाद शर्माका अनुसार पार्कका लागि जग्गा छुट्याई तारबार समेत गरिसकिएको छ । मेयर शर्माले संगसंगै गुरुप्रसाद मैनाली स्मृति पार्क पनि बनाइने भएकाले यसको विस्तृत डीपीआरको काम भने हुन बाँकी रहेको रातोपाटीलाई जानकारी दिए । उनले अब नमोबुद्ध नगरपालिका क्षेत्रको भकुण्डेवेशी सहर साहित्यिक स्थलका रुपमा पनि परिचित गराउने अभियानमा रहेको बताए ।
गत वर्ष इलाममा पारिजातको प्रतिमा अनावरण भएको थियो । अब पारिजातको प्रतिमा भकुण्डेबेशी, हेटौंडा, इलाम र भारतको सिलगुडीमा चाँडै स्थापना गरिन लागेको केन्द्रका अध्यक्ष सायमीले जानकारी दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका