Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायूको प्रभाव: पहाड–हिमालमा आंशिक बदली, तराईमा हुस्सु

पश्चिमी वायूको प्रभाव: पहाड–हिमालमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

राति पनि तराईका धेरै स्थानमा हुस्सु कायमै रहनेछ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहँदा देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका