Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायूको प्रभाव: पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपात

पश्चिमी वायूको प्रभाव: पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपात

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव कायम रहेको छ। सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका