Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र...

पश्चिमी वायुको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण सोमबार बिहान तराईका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। सोमबार दिउँसो पनि तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र अन्य भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका