Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभाव: केही प्रदेशमा बादल, तराईमा तुँवालो र हुस्सुको सम्भावना

पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा बादल, तराईमा तुँवालो र हुस्सुको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यस प्रभावका कारण शुक्रबार बिहान तराईका केही स्थानमा तुँवालो लागेको छ।

महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो पनि तराई क्षेत्रका थोरै स्थानमा तुँवालो कायम रहने सम्भावना रहेको छ। यस्तै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतया आकाशमा बादल लाग्ने पूर्वानुमान गरिएको छ। देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार आज राति तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लागिरहने सम्भावना रहेको छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

मौसममा आएको परिवर्तनका कारण विशेषगरी बिहान र बेलुकीका समयमा यातायात तथा दैनिक जनजीवनमा केही असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका