Wednesday, April 15, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने अन्य हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसँगै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका