Thursday, May 21, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षा, केही क्षेत्रमा तातो बढ्ने

पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षा, केही क्षेत्रमा तातो बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा पनि आंशिक बदली देखिएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा बागमती–गण्डकीका तराई क्षेत्र र अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका