Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का...

पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो तराईका केही स्थानमा कुहिरो रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत बाँकी हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने अन्य भागमा मौसम सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।

महाशाखाले तराई क्षेत्रमा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका