Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको आंशिक प्रभाव: कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव: कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसको प्रभावका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने पहाडी भूभागमा आंशिक बदली देखिएको छ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको
छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका केही स्थान र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ । साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका