Saturday, April 18, 2026
Homeसामाचारपश्चिमी न्यून चापको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी न्यून चापको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।

हाल गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य पहाडी र हिमाली क्षेत्रमा छिटफुट रूपमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। उच्च हिमाली क्षेत्रमा भने हिमपातसमेत भइरहेको छ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका