Saturday, November 7, 2026
Homeसामाचारपशुपति क्षेत्र, विमानस्थललगायत क्षेत्रमा आज चार घण्टा विद्युत् कटौती

पशुपति क्षेत्र, विमानस्थललगायत क्षेत्रमा आज चार घण्टा विद्युत् कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा योजना अनुसार विद्युत् कटौती गर्ने भएको छ। विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाअन्तर्गत बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतली आसपासका क्षेत्रमा बिजुली बन्द रहने प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ।

यस्तै, नयाँ चाबहिल–नयाँबस्ती फिडरअन्तर्गत पर्ने क्षेत्रमा बिहान ७ बजेदेखि ८ बजेसम्म चाबहिलचोकदेखि गौरीघाट चोक हुँदै नयाँबस्ती सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ।

मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत ढल किवास आयोजना क्षेत्र, विमानस्थल आर्मी व्यारेक र बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्मका क्षेत्रमा समेत आज विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

बिजुली बन्दका कारण उपभोक्तामा पर्ने असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका