पर्वत, ४ साउन । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा आज विहान पहिरो जाँदा एकतले घर पुर्दा वृद्ध दम्पती बेपत्ता भएका छन्। ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी पत्नी विष्णुमती विश्वकर्मा घरसहित पहिरोमा पुरिएर बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्।
उनीहरूको बुहारी, ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ घरबाट हम्फालेर ज्यान जोगाउन सफल भएकी छन्। घटना भएको जानकारी वडा सदस्य सन्तोष विकले दिनुभएको हो।
हाल स्थानीयबासी उद्धार कार्यमा संलग्न छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको र विस्तृत विवरण पछि प्राप्त हुने जानकारी दिनुभएको छ।
पर्वत लगायतका क्षेत्रहरूमा गएरातिदेखि लगातार भीषण वर्षा भइरहेको छ। यसले गर्दा खोलानाला र नदीहरूमा बहाव समेत उच्च भएको बताइएको छ। जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
Ask ChatGPT


