काठमाडौँ — इलाम सदरमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ पुवामझुवा (नगरपालिका–३) मा अवस्थित दिदीबहिनी झरना पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।
दुईवटा झरना एकअर्काको नजिकै भएकाले स्थानीयहरूले यसलाई ‘दिदीबहिनी झरना’ नाम दिएका हुन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थान गर्मीयाममा विशेषगरी आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दै गएको छ।
स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याइरहेको यस झरनामा आवश्यक पूर्वाधारको विकास र प्रचारप्रसार गरे इलामको एक प्रमुख गन्तव्यका रूपमा उभिन सक्ने सम्भावना रहेको स्थानीयवासीहरूको विश्वास छ।


