Friday, October 30, 2026
Homeप्रवासपत्रकार पन्थीलाई अमेरिकी विश्व विद्यालयको सम्मान

पत्रकार पन्थीलाई अमेरिकी विश्व विद्यालयको सम्मान

पत्रकारिताको माध्ययमबाट मानवताको क्षेत्रमा सेवा गरेको भन्दै अमेरिकाकी विश्वविद्यालय सिका युनिभर्सिटीले पत्रकार किशोर पन्थीलाई मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।

मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई उक्त सम्मान प्रदान गरिएकोे युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् । यो युनिभर्सिटीले समाजमा धेरै प्रकारका मानवीय योगदान गरेका व्यक्तिलाई हरेक बर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० बर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

पत्रकार पन्थी करिब ११ बर्षदेखि न्यूयोर्कबाट प्रकाशित हुँदै आएको खसोखास डटकमका प्रधानसम्पादक हुन् । उनी झण्डै २ दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । उनले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर कलम चलाउँदै आएका छन् । उनी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा दख्खल राख्छन् । ​
सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरीलगायतका चर्चित व्यक्तित्वहरु समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरुले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएडी प्राप्त गरेका छन् । त्यस्तै बोस्टन प्रहरी विभागका ४२ औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका