Saturday, June 6, 2026
Homeप्रवासपत्रकार किशोर पन्थीलाई अमेरिकी विश्वविद्यालयको मानार्थ विद्यावारिधि

पत्रकार किशोर पन्थीलाई अमेरिकी विश्वविद्यालयको मानार्थ विद्यावारिधि

न्यूयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको सिका युनिभर्सिटीले विद्यावारिधि (पीएचडी) अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । विश्वविद्यालयले उनलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।

मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् ।

यो युनिभर्सिटीले समाजमा मानवीय योगदान गरेका व्यक्तिलाई हरेक वर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० वर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

पत्रकार पन्थी न्युयोर्कबाट ११ वर्षदेखि प्रकाशित हुँदै आएको खसोखासका प्रधान सम्पादक हुन् भने झण्डै २ दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।

अमेरिकामा एकदशकभन्दा लामो समय पूर्णकालीन पत्रकारितामा सक्रिय पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका छन् । पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन् ।

सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरीलगायतका चर्चित व्यक्तित्वहरू समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरूले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएडी प्राप्त गरेका छन् ।

त्यस्तै बोस्टन प्रहरी विभागका ४२औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए । उनले सन् २०१५ मा बोस्टन प्रहरीको सुपरिटेण्डेण्ट इन चिफ रहदा यो मानार्थ पीएचडी प्राप्त गरेका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका