Friday, May 1, 2026
Homeविचित्र संसारपत्नीबाट छुटकारा पाउन पुलिससँग गुहार, भने- मलाई जेलमा हाल

पत्नीबाट छुटकारा पाउन पुलिससँग गुहार, भने- मलाई जेलमा हाल

दुनियाँमा जेल जाने इच्छा कसलाई पो होला र ? तर इटालीको गोइडोनिया मोन्टेसेलियो भन्ने ठाउँमा बस्ने एकजना व्यक्तिले आफूलाई जेलमा हालेर पत्नीबाट छुटकारा दिलाउन भन्दै पुलिसलाई गुहारे ।

आफू पत्नीसँग एउटै घरमा बस्न नसक्ने भन्दै उनले बरु आफूलाई जेलमा हालेर मुक्ति दिलाउन पुलिसँग अनुरोध गरेपछि पुलिसले उनको कुरा सुन्यो । त्यसपछि उनलाई जेलमा हालियो ।

अल्बानीयाली मूलका ती पुरुषलाई इटालीको प्रहरीले केही महीना अगाडि लागूऔषध मामिलामा सजाय दिएको थियो ।

सजायको रुपमा ती पुरुषलाई केही महीनाका लागि नजरबन्दमा राखिएको थियो । तर लामो समयसम्म घरभित्र बसिरँदा उनलाई समस्या भएछ । घरमा पत्नीसँग निकै धेरै समयसम्म सँगै रहँदा आफूलाई सकस भएको र पत्नीसँग घरको चौघेराभित्र कैद भएर बस्न नसक्ने उनले भनाइ थियो ।

आफुले अब यसभन्दा धेरै पत्नीलाई सहन नसक्ने आफूलाई घरमा नजरबन्दको साटो जेलमा लैजान उनले प्रहरीसँग अनुरोध गरे । घरमा नजरबन्द भएर पत्नीसँगै बस्नुभन्दा जेलमै बस्नु उत्तम रहेको उनले पुलिससँग बताए । त्यसपछि पुलिसले उनलाई नजरबन्दबाट निकालेर जेलमा स्थानान्तरण गर्‍यो । उनी केही वर्षसम्म जेलमै रहनुपर्नेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका