Friday, April 17, 2026
Homeसामाचारनेपाल–साउदी सम्बन्ध विस्तारमा जोड, लगानी वृद्धि विषयमा उच्चस्तरीय छलफल

नेपाल–साउदी सम्बन्ध विस्तारमा जोड, लगानी वृद्धि विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको उक्त भेटवार्तामा दुई देशबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ तथा विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा नेपालका विभिन्न विकास परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र त्यसलाई थप वृद्धि गर्ने विषयमा पनि दुवै पक्षबीच विचार–विमर्श भएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका