काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन स्केल र रासन भत्तामा वृद्धि गर्ने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, फागुन १ गतेदेखि नेपाल प्रहरीको रासन स्केल र दैनिक रासन भत्ता वृद्धि गरिनेछ।
मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।


