Thursday, July 2, 2026
Homeसामाचारनेपालले वातावरण संरक्षणमा पुर्‍याएको योगदानको मूल्य अन्तरराष्ट्रिय समुदायले दिनुपर्नेमा एमाले महासचिवको जोड

नेपालले वातावरण संरक्षणमा पुर्‍याएको योगदानको मूल्य अन्तरराष्ट्रिय समुदायले दिनुपर्नेमा एमाले महासचिवको जोड

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले विश्व वातावरण संरक्षणमा नेपालको योगदान उल्लेखनीय रहेको बताउँदै त्यसको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभएको छ।

एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज काठमाडौँमा आयोजना गरेको ‘सगरमाथा संवादको स्थानीयकरण, जलवायु सशक्तीकरण र विपद् न्यूनीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा उहाँले जलवायु संकटको सन्दर्भमा नेपालजस्ता मुलुकले अरूका कारण भोग्नुपरेको असरप्रति ध्यान दिनुपर्ने बताउनुभयो।

“अन्तरराष्ट्रिय समुदायले उत्सर्जन गरेको कार्बनको मार नेपालले खेपिरहेको छ। सगरमाथा संवादले यसतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन सक्षम हुनुपर्छ,” महासचिव पोखरेलले भन्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र अत्यधिक जोखिममा रहेको भन्दै त्यहाँको मानवबस्ती र पूर्वाधारसमेत खतरामा परिरहेको चेतावनी दिनुभयो।

उहाँले पहाडी क्षेत्रमा जमिन खनजोतमा कमी आउँदा डढेलोको जोखिम बढेको र कृषि प्रणालीमा आएको परिवर्तनले पनि वातावरणमा नकारात्मक असर पारेको उल्लेख गर्नुभयो। “पहिले पराल र गहुँको भुस पशु आहारका लागि प्रयोग गरिन्थ्यो, तर अहिले तिनमा आगो लगाउने गरिन्छ, जसले वातावरणलाई असर पारिरहेको छ,” पोखरेलले स्पष्ट पार्नुभयो।

कार्यक्रममा विभागका प्रमुख खिमलाल भट्टराईले सगरमाथा संवादबाट नेपालले व्यावहारिक फाइदा लिन सक्ने बताउँदै त्यसका लागि नेपाल अन्तरराष्ट्रिय मञ्चमा सशक्त ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका