वासिङ्टन डीसी (अमेरिका) । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले सम्पन्न देश भएकाले विश्व समुदायलाई नेपाल भ्रमणका लागि आह्वान गरेका छन् ।
बिहीबार यहाँ विश्व बैंक समूहले आयोजना गरेको ‘दिगो पर्यटन : रोजगारी, जीवनयापन र आर्थिक वृद्धिका लागि’ विषयक छलफल कार्यक्रममा सहभागी हुँदै मन्त्री खनालले नेपालमा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे धारणा राखेका हुन् ।
उनले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई सधैं न्यानो आतिथ्यता र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए ।


