Saturday, June 6, 2026
Homeमुख्य समाचारनेता नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेता नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनले भने, ‘उहाँको उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गइरहेको छ ।’  चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका