Thursday, October 29, 2026
Homeराजनीतिनेकपा (बहुमत) का जिल्ला इन्चार्ज सिलवाल कांग्रेस प्रवेश

नेकपा (बहुमत) का जिल्ला इन्चार्ज सिलवाल कांग्रेस प्रवेश

काठमाडौँ। नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका हुन्।

ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवार सहभागी जिल्ला भेलामा सातदोबाटोमा आयोजित कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा सिलवालले पार्टी प्रवेश गरेका हुन्।

शर्माको सचिवालयका अनुसार उपसभापति शर्माले रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै सिलवालले कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ दृष्टि र नेतृत्वसहित अघि बढेकाले आफूले पार्टी रोजेको बताएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका