Thursday, September 10, 2026
Homeसामाचारनुवाकोटको देवीघाटमा पाँच दिनमै बेली ब्रिज निर्माण सम्पन्न

नुवाकोटको देवीघाटमा पाँच दिनमै बेली ब्रिज निर्माण सम्पन्न

नुवाकोट । नुवाकोटको देवीघाटमा नेपाली सेनाले बेली ब्रिज निर्माण सम्पन्न गरेको छ। सेनाले निर्माण कार्य सुरु गरेको पाँच दिनमै बुधबार साँझ पुल निर्माण सम्पन्न गरेको हो।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत पुल निर्माण सम्पन्न भएको जानकारी दिएका छन्। प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले पनि पुल निर्माण सम्पन्न भएको बताएकी छन्।

नयाँ पुल जडान भएसँगै बिहीबारदेखि पैदलयात्रीका लागि आवतजावत खुला हुने र शुक्रबारदेखि सवारीसाधन सञ्चालनमा आउने दाहालले जानकारी दिएकी छन्।

भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देवीघाटको पक्की पुल बगाएको थियो। पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो।

नेपाली सेनाले छोटो समयमै बेली ब्रिज निर्माण सम्पन्न गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई आवतजावतमा सहज हुने भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका