Thursday, October 29, 2026
Homeराजनीतिनिर्वाचन २० दिन बाँकी: कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र...

निर्वाचन २० दिन बाँकी: कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र ढुवानी सुरु गरेको छ। छपाइ सम्पन्न भएका सो प्रदेशका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालिएको हो।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको छ। साथै देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ। हालसम्म कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ।

यसअघि डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुमपश्चिम, सल्यान, सुर्खेत लगायत सुदूरपश्चिम र कोशी प्रदेशका विभिन्न जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।

हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको छ। आयोगका अनुसार पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी ढुवानीको तयारी गरिएको छ। साथै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने भएकाले माघ १६ गतेदेखि सो कार्य सुरु गरिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका