Monday, May 4, 2026
Homeमनोरन्जननिफ विजेतालाई पुरस्कार

निफ विजेतालाई पुरस्कार

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणका विजेतालाई अवार्ड वितरण गरिएको  छ। आइतबार एक कार्यक्रम आयोजना गरी अवार्ड वितरण गरिएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विजेतालाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए।

उत्कृष्ट नेसनल फिचर फिल्ममा चलचित्र ‘आमा खाँन्डो’ले एक लाख नगद पुरस्कार पायो। यस्तै उत्कृष्ट पेन्डामिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’का गणेश पाण्डेले ५० हजार रुपैयाँ प्राप्त गरे। सर्ट फिल्ममा राजेशप्रसाद खत्रीको ‘अ स्केयरक्रो’ले पनि नगद पचास हजार प्राप्त गर्‍यो।

यसैगरी उत्कृष्ट सिनेमाटोग्राफी लाटो कोसेरोबाट शिरिष गुरुङ, उत्कृष्ट स्क्रिनप्ले सरिता : टेल मी हु एम आईका सेर्गियो बासो, उत्कृष्ट अभिनेत्री लाटो कोसेरोबाट सरिता गिरी, उत्कृष्ट अभिनेता लाटो कोसेरोकै नवीन शिल्पकारलाई पुरस्कार प्रदान गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण नेपाली चलचित्र गम्भीर अवस्था रहेको भन्दै यस क्षेत्रलाई पुन: चलायमान बनाउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए।

निफका संयोजक केपी पाठकले चौथो संस्करणका विजयी चलचित्रकर्मीहरूलाई बधाइ दिँदै अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाइरहेको महोत्सवमा सकारात्मक सहभागिताका लागि आग्रह गरेका थिए।  कोरोना महामारीका कारण महोत्सव भर्चुअल रुपमा गत बैशाख २३ देखि २७ सम्म आयोजना गरिएको थियो। निफको पाँचौं संस्करणको आवेदन पनि खुला गरिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूले आगामी मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्। २०७८ माघ ११ मा छनोट भएका चलचित्रहरूको घोषणा गरिनेछ। निफको पाँचौ संस्करण २०७८ चैत १० देखि १४ गतेसम्म हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका