Friday, July 3, 2026
Homeसामाचारनागरिक लगानी कोष र अभिलेख विभागबीच धितो रोक्का/फुकुवा अनलाइन गर्ने सम्झौता अब...

नागरिक लगानी कोष र अभिलेख विभागबीच धितो रोक्का/फुकुवा अनलाइन गर्ने सम्झौता अब काठमाडौँ उपत्यकामा कोषका कर्जा सेवा अझ छिटो र प्रभावकारी हुने

काठमाडौँ: नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच धितो रोक्का तथा फुकुवा प्रक्रिया अनलाइन प्रणालीमार्फत सम्पन्न गर्ने विषयमा सम्झौता भएको छ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागका तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतापछि काठमाडौँ उपत्यकाभित्र नागरिक लगानी कोषबाट प्रदान गरिने आवास तथा सरल कर्जाको धितो रोक्का र फुकुवा प्रक्रिया अब अनलाइन माध्यमबाट सञ्चालन हुने भएको छ।

यस व्यवस्थाले कर्जासम्बन्धी कार्यहरू छिटोछरितो रूपमा सम्पन्न हुने र सेवाग्राहीले सहज तथा प्रभावकारी सेवा प्राप्त गर्ने कोषको विश्वास छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका