Sunday, April 19, 2026
Homeप्रवासनवनियुक्त राजदूत आचार्यद्वारा बेलायती बडामहारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नवनियुक्त राजदूत आचार्यद्वारा बेलायती बडामहारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।​ बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्नुभएकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेका थिए ।

सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल प्राकृतिकरूपमा सुन्दर रहेकोसमेत बताएको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट महारानी र बेलायती जनताको सुस्वास्थ्यको कामनासहितको शुभकामना सन्देश सुनाएका थिए ।

उक्त अवसरमा उनले बेलायत र नेपालको सम्बन्ध २०० वर्ष पुगेकामा आफूलाई खुसी लागेको र बेलायतले कोभिडको महामारीमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि थप सहयोग प्राप्त हुने आशा गरेको दूतावासका प्रवक्ता रोशन खनालले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका