नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भन्छन “पार्टीमा रहेका कमजोर पतिङ्गर पुर्व पार्टीमा रहेका सदस्यहरु हुरी थाम्न नसकेर भुईमा झरेका हुन। आत्तिनुपर्दैन हामी निरन्तर देश र जनताको लागि लडिरहेका छौँ,साथीहरु हुरी सङ्गै गए। त्यसमा हामी आश्चर्य चकित किनकि नेकपा एमाले जस्तो पार्टीमा रहेका सदस्यहरु यति कमजोर र कायर कसरी भए। कदापी नसोच्नु एमाले पार्टी फुटेको भनेर
कमजोर र कुहिएका पातहरू भुइँमा मिल्न लागेको मात्र हो। अब पार्टी निकै तन्दुरुस्त भएको छ र अझ मजवूत हुने छ। केपी ओलिले रोष प्रकट गर्दै आफूलाई प्रधानमन्त्रीबाट षड्यन्त्रपूर्वक ढंगले हटाइएको र आउँदो चुनावमा देशको नेतृत्व म नै गर्नेछु भने अनी आफ्ना समर्थक र कार्यकर्ताहरुलाई आश्वासन दिए। सो कुरा ओलिले शनिबार युथ फोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै भनेका हुन। उनिले नेपाल समूहलाई एउटा रुखको पात मात्र भएको र पात झर्दैमा रुखलाई ठाङ्गे ले पनि नछुने भन्दै नेपाल समूहको धज्जी उडाए।
आशिष पोखरेल, हिमालयन ट्रिब्युन


