Monday, November 9, 2026
Homeसामाचारनक्कली भुटानी शरणार्थी प्रकरण : सरकार फेरिएसँगै बेचनको सर्वोच्चमा

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकार फेरिएसँगै बेचनको सर्वोच्चमा

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानक्रममा बेचन झा पक्राउ परेलगत्तै सरकार परिवर्तन भएपछी झा परिवार सर्वोच्चमा पुगेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान भने सकिएको छ।

झाका तर्फबाट छोराले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा झालाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको छ । झालाई तत्काल धरौटीमा वा हाजिर जमानीमा रिहाइको माग उनीहरूको रहेको छ।

तर प्रहरीले भने उनीमाथि अन्तिम चरणको अनुसन्धान भइरहेको बताएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोगपत्र दायर गर्न अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झाको बयान सकिएको छ । उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको प्रहरी स्रोतको भनाइ छ ।

‘पहिलो चरणको बयान सकियो । आवश्यकता देखिएमा थप बयान गरिन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले भने, ‘सङ्गठित अपराध र ठगीमा अनुसन्धान भइरहेकाले समय लाग्छ ।’

सङ्गठित अपराधमा अनुसन्धानका लागि लामो समय पाउने र यसअघि पनि यही अपराधमा अभियोग पत्र दायर भएकाले प्रहरीले सोही अनुरूप अनुसन्धान अघि बढाएको छ ।

झा पक्राउ पर्दा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । काठमाडौँ जिल्ला अदालतले झालाई अनुसन्धानका लागि थुनामा पठाएको छ । अहिले परिस्थिति फेरिएर नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएका छन् भने प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली छन् भने गृहमन्त्रीमा नेपाली कांग्रेसका रमेश लेखक छन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका