Sunday, November 8, 2026
Homeसामाचारधान रोपाइँ २० प्रतिशत नाघ्यो, सूदूरपश्चिममा अगाडि, मधेशमा सुस्त

धान रोपाइँ २० प्रतिशत नाघ्यो, सूदूरपश्चिममा अगाडि, मधेशमा सुस्त

काठमाडौं । यस वर्ष असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुल १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा रोपाइँ सकिएको हो।

यो अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले कम हो। गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

प्रदेशगत विवरण:
सूदूरपश्चिम प्रदेश: हालसम्म सबैभन्दा बढी, ४९.२ प्रतिशत धान रोपाइँ सम्पन्न। गत वर्ष यो अवधिमा ५४.२ प्रतिशत थियो। कुल १ लाख ७६ हजार १५१ हेक्टरमध्ये ८६ हजार ६०१ हेक्टरमा रोपाइँ सम्पन्न।

कर्णाली प्रदेश: हालसम्म ३९.१ प्रतिशत रोपाइँ सम्पन्न। कुल ४० हजार ८८४ हेक्टर जमिनमध्ये करिब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्ष यस अवधिमा ४७ प्रतिशत रोपाइँ भइसकेको थियो।

गण्डकी प्रदेश: हाल २८.२ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्ष २१.९ प्रतिशत मात्र। कुल धान क्षेत्रफल ९४ हजार १८२ हेक्टर।

लुम्बिनी प्रदेश: हाल २४.३ प्रतिशत रोपाइँ सकिएको, गत वर्ष २२.८ प्रतिशत थियो। कुल धान क्षेत्रफल ३ लाख २ हजार ८८९ हेक्टर।

बागमती प्रदेश: हालसम्म २०.५ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्ष १९.६ प्रतिशत थियो। कुल क्षेत्रफल १ लाख २० हजार ५४५ हेक्टर।

कोशी प्रदेश: हालसम्म १४.३ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्ष १३.७ प्रतिशत। कुल क्षेत्रफल २ लाख ७६ हजार ३८७ हेक्टर।

मधेश प्रदेश: सबैभन्दा कम प्रगति, केवल ३.९ प्रतिशत। गत वर्ष यस अवधिमा ८.२ प्रतिशत थियो। कुल क्षेत्रफल ३ लाख ८० हजार २८३ हेक्टर।

देशभर धान रोपाइँ क्रमशः बढिरहेको भए पनि केही प्रदेशहरू, विशेषगरी मधेश र कोशीमा अपेक्षाकृत सुस्त प्रगति देखिएको छ। मौसमको प्रभाव, सिँचाइ सुविधा र कृषि उपकरणको उपलब्धता जस्ता कारकहरूले यसमा भूमिका खेलेको हुनसक्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका